Shikhar Insurance
National Life

सिसडोल–बञ्चरेमा बालेन/सुनिताः आश्वासन दिए, प्रतिवद्धता गरेनन्, स्थानीयले अवरोध जारी राख्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उप मेयर सुनिता डंगोल सिसडोल–बञ्चरे डाँडा अवलोकनमा गएका छन् । काठमाडौं उपत्यकाको फोहर बिर्सन हुँदै आएको सिसडोल–बञ्चरे डाँडामा मेयर र उप मेयरको पहिलो भ्रमण हो भने मेयर बालेन्द्र सपथ ग्रहण गरेकै दिन पुगेका थिए ।

मेयर बालेन्द्र र उप मेयर सुनिताले सिसडोल र बञ्चरेबासीलाई फोहर फाल्ने काममा अवरोध नगर्न अनुरोध गरे । यस अघि फोहर फ्याँकिँदै आएको सिसडोल बासीले फोहरको व्यवस्था र अन्य पूर्वाधारसहितको माग अघि सारेका छन् । त्यस्तै, हाल फोहर फाल्न सुरु गरिएको बञ्चरे डाँडाका बासिन्दाले भने जग्गा अधिग्रहण, फोहोरको गन्ध नआउने सुनिश्चितता, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार लगायतका माग राखेर फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेयर बालेन्द्र साहले दुई तीन महिना समय दिन र त्यतिञ्जेल फोहोर बिर्सजनमा अवरोध नगर्न स्थानीयसँग अनुरोध गरेका थिए । ‘मेयर र उप मेयरले आश्वासन दिनुभयो तर प्रतिवद्धता व्यक्त गर्नु भएन, हामीले आश्वासन होइन, हाम्रा माग पुरा हुने ग्यारेन्टी खोजेका हौं, त्यस्तो ठोस कुरा उहाँबाट केहि पनि आएन, हामी फोहर फाल्न दिन्नौं’, बञ्चरे डाँडा ल्याण्डफिल साइट प्रभावित स्थानीय आशिष ढुंगानाले सिंहदबारसँग भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्