एजेन्सी । टर्की देशले नाम फर्ने भएको छ । संयुक्त राष्ट्र संघमा टर्कीलाई ‘टर्किए’ नामले चिनिने भएको हो । टर्कीले नाम परिवर्तनका लागि संयुक्त राष्ट्र संघसंग औपचारिक अनुरोध गरेको हो ।
टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले गत वर्ष नै चालेको नयाँ रिब्रान्डिङ अभियानको अंशको रूपमा अन्तर्राष्ट्रिय निकायहरूलाई नाम फेर्न आग्रह गरिनेछ । टर्किएले तुर्केली जनताको संस्कृति, सभ्यता र मान्यतालाई उत्कृष्ट ढंगले प्रतिनिधित्व र अभिव्यक्त गर्ने एर्दोगानको भनाइ छ ।
अधिकांश टर्किसका जनतामाझ आफ्नो मुलक ‘टर्किए’ नामले परिचित छ । अंग्रेजी नाम ‘टर्की’को मुलुकमा पनि व्यापक प्रयोग हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्