Shikhar Insurance
National Life

दुई हाइड्रोपावरलाई साढे २६ करोडको आईपीओ जारी गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । दुई वटा हाइड्रोपावर कम्पनीहरुले साढे २६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले जेष्ठ १८ गते सयपत्री हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

मन्दाकिनी हाइड्रोपावरले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको हो । मन्दाकिनी हाइड्रोपावरको सेयर बिओके क्यापिटलले निष्काशन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको छ । सयपत्रीको शेयर एनआईबिएल एस क्यापिटल निष्काशन गर्नेछ । दुबै कम्पनीले असार भित्रै आईपीओ निष्काशन गरिसक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्