काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ दरका १५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।
कुल निष्काशनमध्ये ४ प्रतिशतले हुने ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि ५ प्रतिशतले ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको १३ लाख ६५ हजार कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन छिटोमा जेठ २५ गते बन्द हुनेछ भने ढिलोमा असार ३ गतेसम्म रहनेछ । सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको आईपीओमा १० कित्तादेखि एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
बिन्ध्यबासिनी हाइड्रोलले केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्