काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज राति १२ बजेटदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घटाएको हो ।
नयाँ मुल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रूपैयाँ पर्नेछ । ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।
भारतबाट लागत बढेर आएपनि सरकारले तेलको भाउ घटाएको हो । सरकारले पूर्वाधार कर बराबरको मूल्य (१० रूपैयाँ ) समायोजन गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्