Shikhar Insurance
National Life

संसद छिर्यो सेयर बजारः राष्ट्र बैंकका कारण ५२ लाख लगानीकर्ता सडकमा आउने अवस्था बन्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार २०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । घट्दो सेयर बजारको बिषय अब संसदमा प्रवेश गरेको छ । काँग्रेस नेतृ तथा सांसद पुष्पा भुषाल(गौतम)ले सडकमै पुग्न लागेका ५२ लाख लगानीकर्ताहरुको रक्षाका लागि अर्थमन्त्रीले तत्काल हस्तक्षेप गर्नुपर्ने धारणा राखिन् । उनले राष्ट्र बैंकका कारण ५२ लाख डिम्याट होल्डर र करिब १५ लाखको संख्यामा रहेका दोश्रो बजारका लगानीकर्ता सडकमै पुग्ने लागेको आरोप लगाइन् ।

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भुषालले भनिन–‘सेयर बजारमा ५२ लाख डीम्याट खाता खोलेका लगानीकर्ता छन् । १० देखि १५ लाख लगानी कर्ता दोश्रो बजारमा छन् । राष्ट्र बैंकको नीतिले लगानीकर्ताहरु सडकमा आउने अवस्था बनेको छ । माननीय मन्त्रीज्यूले त्यसको संसोधन गर्न अनुरो गर्न चाहान्छु ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्