Shikhar Insurance
National Life

आफ्नालाई खुसी बनाउने गरी अर्थमन्त्रीले करको दर हेरफेर गरेको हुनसक्ने गगन थापाको शंका

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले करको दर निर्धारण पारदर्शी हुनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष ०७९/८०को बजेट माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले यस्तो माग गरेका हुन् ।

विगतका सरकारले चकलेट, विद्युतीय सवारीमा लगाएको करको बारेमा प्रश्न उठेको स्मरण गर्दै अघिल्लो पटक प्रतिस्थापन विधेयकबाट स्पन्ज आइरनमा करको दर परिवर्तन गर्दा धरै आशंका उब्जिएको बताए । विगतका अर्थमन्त्रीले करको दर परिवर्तन गर्दा पारदर्शी नभएको भन्दै अहिलेका अर्थमन्त्री शर्मामाथि पनि थापाले प्रश्न उठाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘करको दर चलाउँदा आश्वस्त पार्नुपर्छ,’ थापाले भने, ‘करमा पारदर्शिताको कुरा उठेको छ ।’ पछिल्ला वर्ष अर्थमन्त्रीले आफू अनुकुल कसैलाई फाइदा हुने गरी करका दर परिवर्तन हुने गरेकोप्रति सांसद थापाले आशंका व्यक्त गरे । ‘करको दर हेरफेर भाग्योदय चिठ्ठा जस्तो भयो,’ थापाले भने, ‘कसैलाई फाइदा कसैलाई घाटा हुने । करको दर हेरफेर पारदर्शी हुनुपर्छ ।’

यो पटक जिआई वायरको विषयमा त्यस्तै प्रश्न उठेको थापाले बताए । अर्थमन्त्रालयले लिने नीतिले एउटा कुनै समूह, समुदाय, कुनै ग्रुपलाई फाइदा हुन नहुने बताए । ‘हामीले यो भन्दा पहिला पूर्ववर्ती सरकारले गरेको काममा प्रश्न उठायौं,’ थापाले भने, ‘अहिले जवाफ दिनुपर्दैन ।’

बजेटले निजी क्षेत्रको मागको सम्बोधन भएको बताए । ‘संस्थागत मागको सम्बोधन भएको छ,’ थापाले भने, ‘जनताको तह र निजी क्षेत्रलाई विश्वास दिलाएको छ । सिद्धान्त, प्राथमिकताका हिसावले बजेट ठिक छ ।’

व्यापार घाटा कम गर्न टेक्स्टायल, जुत्ता, निर्माणजन्य वस्तुको उत्पादन बढाउने तथा निर्यातमा प्रोत्साहन गर्ने, आयातलाई दुरुत्साहन गर्ने गरी प्रधानमन्त्रीकै नेतृत्वमा रहने गरी कार्यक्रम ल्याएकोमा धन्यवाद दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्