Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो नेप्से, घट्दो बजारमा वालेफीका लगानीकर्ता मालामाल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचकको ओरालो यात्रा कायमै रहेको छ । साताको पहिलो कारोबारदेखि नै ओरालो लागेको नेप्से परिसुचक बिहिबार पनि दोहोरो अंकले घटेर बन्द भएको हो ।

बिहिबार नेप्से परिसुचक १८.२६ अंकले घटेर २,११२.४७ अंकमा बन्द भएको छ । यसदिन कारोबारमा आएका २ सय २७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड रुपैयाँ बढीमा खरिद बिक्री भएका छन् । कारोबारमा आएका कम्पनीहरुमध्ये माउटेन हाइड्रो नेपालको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको प्रतिकित्ता ३२० रुपैयाँसम्म १२ करोड १२ लाख ५८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । यससँगै दोस्रो नम्बरमा एनआइसी एशियाको ६ करोड ५४ लाख ६० हजार बढी र तेस्रोमा नबिल बैंकको ३ करोड १८ लाख ५७ हजार रुपैयाँ बढीको सेयर करोबार भएको छ ।

यस्तै, बिहिबार कारोबारमा आएमा कम्पनीहरुमा सबैभन्दा बढी बाफेली हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयर मुल्यमा प्रतिकित्ता ९.९७ प्रतिशतले बढेको थियो । सो दिन प्रतिकित्ता १ सय ३६ रुपैयाँ ८० पैसादेखि खरिद बिक्री सुरु भएको थियो । जसमा १६ रुपैयाँ ५० पैसाले मूल्य वृद्धि भएर १ सय ५३ रुपैयाँ ३० पैसामा बन्द भएको थियो ।

सो दिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरका लगानीकर्ताले गुमाएका छन् । बैंकको प्रमोटर सेयरको मुल्यमा प्रतिकित्ता ९.९९ प्रतिशतले गिरावट आएको थियो ।

बिहिबार नेप्से सब–इन्डेक्सका १३ वटा समुहमा सामुहिक लगानीकोष बाहेक सबै समुह घटेका थिए ।

कारोबारमा आएका १४९ कम्पनीको सेयर मूल्य घट्दा ३९ वटाको भने बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्