काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी १२ सय ५० रुपैयाँमा खरिद-बिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपाल महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्