Shikhar Insurance
National Life

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छुः मन्त्री खतिवडा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १९:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफु प्रयासरत रहेको बताएका छन् । बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उनले आफुले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई आफ्नो निवासमा एक संक्षिप्त बधाई कार्यक्रम राख्दै सबैलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले समाजले स्वास्थ्य सेवाका साथै सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाए । उनले भने‘ आगामी दिनमा समाजले मकवानपुर केन्द्रीत गरी अझ व्यापक र फराकिलो ढंगले मानवीय र सामाजिक काममा भूमिका बढाउनुपर्छ, त्यसका लागि मेरो व्यक्तिगत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट सहयोग गर्न सधैं तयार छु ।

समाजका अध्यक्ष अरुणकुमार गुरुङले मञ्चले अहिले झैं आगामी दिनमा पनि राजनीतिक भावना भन्दा माथी उठेर विशुद्ध सामाजिक काममा भूमिका खेल्ने प्रतिवद्धता जनाए । कार्यक्रममा स्वास्थ्य मन्त्रीका प्रमुख स्वकीय सचिव माधवप्रसाद तिमल्सीना , मञ्चका सल्लाहकार डा. अंगुर कार्की, रबिन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्