Shikhar Insurance
National Life

बैंकको त्यत्रो ऋण कहाँ गयो ? लगानी गर्नेले खोज्नु पर्दैन ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १९:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तरलताको अभाव किन भयो भन्ने ऋण लगानी गर्नेले चाहीँ खोज्नु पर्दैन भन्दै प्रश्न गरेका छन् । बुधबार नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले संयुक्त रूपमा आयोजना गरेको पोस्ट–बजेट अन्तरक्रियामा मन्त्री शर्माले तरलता समस्या समाधानको लागि बैंकहरुले प्रवाहित ऋण फिर्ता लिनुपर्ने बताए ।

‘तरलता समस्या भयो भनेरमात्र हुन्न बैंकहरु पनि यसमा जिम्मेवार हुनुपर्यो, ऋण लगानी कहाँ भयो ? किन फिर्ता आएन ? दिएको ऋण समय पुगेपछि बैंकले किन फिर्ता नमागेको ? दिएको ऋण किन आएन भनेर पनि खोजिन्छ, ऋण पहिचान गर्ने जिम्मा ऋण लगानी गर्नेको पनि हो र लगानी कहाँ गयो भन्ने जिम्मा सम्बन्धित निकायको पनि हो,’ मन्त्री शर्माले भने, ‘ऋण फिर्ता नआएरै तरलता समस्या बढेको हो । तरलता हिउँ बर्से जसरी बर्सिने हो र ? तरलता यही बजारबाट आउने हैन ?’

Citizen Life
Kumar Bank
Prabhu Insurance

तरलता खोज्ने काम त्यतैबाट गरौं, दिएको ऋण उठाएर, विदेशी ऋण अनुदान लिएर र निर्यात बढाएर तरलता बढ्ने भन्दै मन्त्री शर्माले बैंकर तथा व्यवसायीलाई नै तरलता समस्या हटाउ(न प्रयास गर्न आग्रह गरे ।

यस्तै, बजेटपछिको सो छलफलमा मन्त्री शर्माले बजेटमा सरकारले दिएको विद्युतमा छुट, सिमेन्ट तथा क्लिंकर व्यक्ति लक्षित नभएर सम्पुर्ण निजी क्षेत्रका उद्योगी व्यवसायीका लागि ल्याएको बताए । सो सहुलियतले स्वदेशी लगानीकर्तामात्र नभएर विदेशी लगानीलाई समेत आकर्षण गर्ने उनको भनाइ छ ।

मन्त्री शर्माले आफुले लेखेर सार्वजनिक गरेको बजेट सबै क्षेत्र र सरोकारवाला पक्षहरुको सुझावलाई समेटेर ल्याएको भन्दै छुटेको भएमा थप नीति निर्देशनमार्फत् समेट्ने प्रतिवद्धता गरेका थिए ।

अन्यथा आफ्ना जायज माग लिएर खवरदारी गर्ने निकाय पुग्नु भन्दै उनले खवदारी गर्ने निकायले भनेपछि आफुले जसरी भएपनि काम गर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्