Shikhar Insurance
National Life

क्षमता बाहिरको बजेट आयो, आर्थिक लक्ष्य हासिल भएपनि मुद्रास्फिति दोहोरो अंक पुग्ने डर छः प्याकुरेल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थविद् तथा नेपाल आर्थिक संघका अध्यक्ष विश्वम्भर प्याकुरेलले आगामी आर्थिक वर्षको बजेट क्षमता भन्दा बढीको भएको बताएका छन् । १६ खर्ब बढीको बजेट ल्याउने अवस्था नभए पनि १७ खर्ब ९३ अर्ब बजेट आएकोमा सो बजेटलाई उनले क्षमता बाहिरको भएको टिप्पणी गरे ।

उनले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर अपेक्षा भन्दा बढी बढेको देखाइएको बताए । आगामी आवको लागि ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य ठीकै देखिए पनि सार्वजनिक ऋणमा भएको वृद्धिलाई चुनौतिपुर्ण बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मनि सप्लाई र कृजा प्रवाहको प्रवृत्तिलाई हेर्दा मुद्रास्फीति ७ प्रतिशत भित्र राख्न कठिन हुने उनको भनाइ छ । विश्व बैंकको अध्ययनले जीडीपीको ७७ प्रतिशतसम्म सार्वजनिक ऋणलाई समस्या नमानेको बताउँदै प्याकुरेलले समस्या निकै टाढा रहेको जिकिर गरे ।

प्याकुरेलले नेपालले आगामी दिनमा दोहोरो अंकको मुद्रास्फितिको सामना गर्नुपर्ने सम्भावना रहेकाले तयार स्थितिमा रहन सचेत गराए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्