Shikhar Insurance
National Life

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाटै रेमिट्यान्स सेवा पाइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १६:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरुलाई सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटेन्स सेवा दिन थालेको छ । डिजिटल बै‌किङलाई  सधैं प्राथमिकतामा राख्दै आएको बैंकले डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा यस्तो सेवाको सुरुवात गरेको हो ।

बैंकका ग्राहकहरुले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एवं सुलभ ढंगबाट प्राप्त गर्न सक्ने भएका छन् । यस सेवा प्रयोग गरी ग्राहकहरुले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२,००० भन्दा बढि एजेन्ट/सब– एजेन्ट बाट नगदै प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरेको छ । साथै, बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरेको छ । जसबाट बैंकका ग्राहकले सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१५९७००६८ नम्बरमा फोन गरी प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्