Shikhar Insurance
National Life

सुरक्षित कारोबार र कर्जा विविधिकरणको जुक्ति खोज्दै सीबीफिन र आईएफसीले गरे अन्तरक्रिया, निकाले यस्तो निष्कर्श

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १६:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाडौंमा एक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली निजी क्षेत्र र अर्थतन्त्रको आधारस्तम्भ मानिने घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई (एमएसएमई)लाई वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको आम गुनासो आइरहेको सन्दर्भमा कर्जा विविधिकरणलाई प्रोत्साहन गर्न एवं वित्तिय पहुँच अभिवृद्धिका लागि सिबिफिन र आईएफसी(विश्व बैंकको सदस्य संस्था) ले उक्त कार्यक्रमको आयोजना गरेका हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको क्रेडिट ग्याप करिब ३.६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहका छन् ।

यस क्षेत्रको महत्वपूर्ण योगदान रहे पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आइरहेका छन् । मुलतः यसै विषयलाई मध्यनजर गर्दै सुरक्षित कारोबार ऐनमा भएका व्यवस्थाहरुको सुधार गर्दै बैंक तथा वित्तिय संस्थालाई कर्जा विविधिकरण गर्न प्रोत्साहन गर्नु र एमएसएमईहरुको वित्तीय पहुँचमा सहयोग पुर्याउनु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।

“अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तीका लागि धितोको प्राथमिक आधारको रुपमा प्रयोग गर्ने गरिन्छ,” आईएफसी/विश्व बैंकका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एस. फायले बताए । उनले भने, “हाल प्रचलित चल धितो सम्पत्तिले वित्तिय एवं आर्थिक विकास र कर्जाको जोखिम एवं कर्जा लागत न्यूनिकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन मद्दत पुर्याउँछौं ।”

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले भने, “चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबार एवं पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्नेछ ।” उनले लघु, घरेलु, साना तथा मझौला उद्यम र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) का विषयविज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरु प्रस्तुत गर्दै, नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थियो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहभागिता जनाएका प्रतिनिधिहरुले नेपालमा सुरक्षित कारोबार, चल धितो सम्पत्ति र वित्तीय पहुँच अभिवृद्धिका विषयमा थप जानकारी दिएको र कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

कार्यक्रममा आइएफसीका उच्च अधिकारी तथा विज्ञ, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालक, बैंक तथा वित्तीय संस्थाका सम्बन्धित उच्च अधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधी र कानुनी विज्ञहरुको सहभागिता रहेका थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्