Shikhar Insurance
National Life

२ वटामा सर्किटसहित १०१ कम्पनीको मुल्य बढ्दा पनि सुधारिन सकेन नप्से

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १५:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । मैलुङ खोला जल विद्युत र बलेफी हाइड्रोपावर कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेपनि नेप्से परिसूचक घटेको छ । नेप्से ७.१९ अंकले घटेर २,१३०.७३ को बिन्दुमा आएको हो । कारोबारको सुरुमा नेप्से परिसूचक बढ्ने आशा देखाए पनि अन्तिममा घटेर बन्द भएको हो ।

बजेट भाषणपछि नेप्से बढेको छैन । बुधबार दिनभरीमा २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएका १०१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोदिन कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १२ करोड १३ लाख ७३ हजार रपैयाँ बाराबरको सेयर खरिदबिक्री भए । त्यसैगरि हिमालय डिस्टिलरी ४ करोड ६८ लाख १० हजार, शिखर इन्स्योरेन्स ३ करोड ७८ लाख ८० हजार, एनआईसी एशिया बैंक ३ करोड २० लाख ४१ हजार र अरुण काबेली पावर २ करोड ८८ लाख ४९ हजार रुपैयाँको बराबरको सेयर खरिदबिक्री भएका छन् ।

समुहगत उपसूचक ३ वटा हरियो हुँदा १० वटा राताम्य भए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्