Shikhar Insurance
National Life

जलयात्रा पर्यटन प्रवद्र्धन गर्न माग

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १३:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवद्र्धनमा समस्या हुँदै गएको छ । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सीज (नारा)को ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रका वक्ताले नदी प्रदूषण र ढुङ्गा गिटी उत्खनन हुँदा जलयात्रा पर्यटन व्यवसाय धरापमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले समग्र पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभाग गम्भीर भएर लागेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“पर्यटन क्षेत्रमा रहेको समस्या समाधान गर्ने प्रमुख दायित्व पर्यटन व्यावसायिकै हो, यसमा विभाग हातेमालो गर्न तयार छ,” उनले भने । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा जलयात्रा पर्यटन विस्तारको सम्भावना रहेको जनाउँदै यहाँभित्र रहेका नदी तथा खोलाको संरक्षणमा सरकार लाग्नुपर्ने बताए । उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्कप्रसाद भट्टराईले प्रदेश ऐनका कारण पर्यटन क्षेत्रमा भएका अफ्ठयारा समाधानका लागि व्यवसायी र सरकार बसेर काम गर्नुपर्ने बताए ।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले नेपालको जलयात्रामार्फत शाहसिक पर्यटन व्यवसायमा नाराले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै यसलाई जोगाइराख्ने चुनौती रहेको बताए । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनस्थापना गर्नका लागि पर्यटन व्यवसायीबीच आपसी सहमति र सहकार्यको खाँचो रहेको बताए ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष नवराज दाहाललगायतले जलयात्रा पर्यटनको सम्भावना भएको ठाउँमा विद्युतगृह बनाउँदा जलयात्रा पर्यटन व्यवसाय धरापमा पर्दै गएको बताएका थियो ।

नाराका अध्यक्ष गङ्गाप्रसाद नेपाल, उपाध्यक्ष मेखबहादुर आले र महासचिव शिशिर खनाललगायतले र्याफ्टिङ कम्पनी दर्ता गर्दा लाग्ने अधिकृत पुँजी पाँच लाखबाट बढाएर ५० लाख बनाएको भन्दै उक्त निर्णय तत्काल सच्याउन प्रदेश पर्यटन मन्त्रालयलाई ध्यानाकर्षण गराका थियो । उक्त साधारण सभाले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।

रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्