Shikhar Insurance
National Life

बीमा कम्पनीले सत्य तथ्य वित्तीय विवरण समयमै नपठाए कारवाही गर्छु भन्दै समितिले यस्तो निर्देशन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १८:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा कम्पनीहरुका सीइओहरुलाई बोलाएरै सत्य तथ्य वितिय विवरण त्रैमासिक रुपमा पठाउन बीमा समितिले निर्देशन दिएको छ । मंगलबार समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूलाई बोलाए सो निर्देशन दिएका हुन् ।

समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर संचालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन कम्पनीहरुले ढिलाइ गरिरहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘बीमा कम्पनीहरुका परिपालन प्रतिवेदनमा एकरुपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरु देखिएको छ,’ निर्देशक लालले भने, ‘तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुन्छ ।’

उनले बीमा कम्पनीका काम कारवाही लगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी कमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गर्नुभयो ।
कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धमा र उपनिर्देशक (कानून) हृदयश्वर पण्डितले एएमएल/सीएफटी सम्बन्धमा प्रस्तुती गरेको थिए ।
कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानून) शाम्भराज लामिछाने, सहायक निर्देशक (कानून) सविता थापा तथा सहायक निर्देशक (कानून) मौनता धौबन्जार र जीवन बीमा कम्पनीहरुका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्