काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले पाँच अर्बको उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपालको एक मात्रै पूर्वाधार विकास बैंकका रुपमा रहेको निफ्राले निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत(२०८५–८६ जारी गर्न लागेको हो । सो प्रयोजनका लागि निफ्राले एनआईबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।
निफ्रालाई उर्जा ऋणपत्र निष्काशन गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिईसकेको छ । निफ्राले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि उर्जा ऋणपत्र जारी गर्नेछ । बिशिष्टिकृत क्षेत्रमा लगानी गर्ने उदेश्यले स्थापना भएको निफ्राले नेपालमा ठूला पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्