काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारको ओरालो यात्रा कायम नै रहेको छ । मंगलबार नेप्से ३५.५३ अंकले घटेर २,१३७.९२ को वन्दुमा बन्द भएको छ । त्यस्तै ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इन्डेक्स ७.११ अंकले घटेर ४१५.६३ को विन्दुमा बन्द भएको हो ।
यसदिन २२९ कम्पनीका ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भए ।
कारोबार रकमको आधारमा एनआईसी एशीया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ५ करोड ३७ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यसैगरि नबील बैंकको ३ करोड ९८ लाख ५२ हजार, हिमालयन डिस्टिलरीको ३ करोड ६८ लाख २२ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड १३ लाख ३३ हजार र सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको ३ करोड २ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएर शीर्ष पाँचमा अटाएका छन् ।
मंगलबार कारोबारमा आएका १५ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको घटेका छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपकार लघुवित्त वित्तीय संस्थाका सेयर धनीले सर्वाधिक ८.२३ प्रतिशतले कमाएका छन् भने नेपाल इन्भेस्मेन्ट बैंकका सेयर धनीले सर्वाधिक ९.९८ प्रतिशतले गुमाएका छन् । समूहगत उपसूचकतर्फ १२ वटा घट्दा १ वटा बढेको छ ।
प्रतिक्रिया दिनुहोस्