Shikhar Insurance
National Life

राजस्व २९ प्रतिशतले बढाउने लक्ष्य निजी क्षेत्र चुस्न ल्याएको जस्तो देखिन्छः विष्णु पौडेल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले २९ प्रतिशतले राजस्व बढाउने लक्ष्य निजी क्षेत्र चुस्न ल्याएको टिप्पणी गरेका छन् । बजेट भाषणपछिको छलफलमा पौडेलले कोभिडबाट तहसनहस भएको र चालु आवमा थप संकट आउने देखिएकामा निजी क्षेत्रबाट ठूलोमात्रामा थप राजस्व उठाउने प्रस्तावले निजी क्षेत्रले उत्साह गुमाउने जिकिर गरे ।

बजेटमा कर राजस्वतर्फ चालु आवको संशोधित अनुमानमा आगामी आव २९ प्रतिशत बढी राजस्व परिचालन गर्ने प्रस्ताव छ । आकलनका आधारमा खर्चको स्रोत जुटाउने आधार नदेखिने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले आयकरको लक्ष्य ३७ प्रतिशत र कम्पनीले तिर्ने आयकर ४६ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ । यसले करदातालाई आतंकीत तुल्याउने पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्