Shikhar Insurance
National Life

जेठ २६ देखि आउँदै दोर्दी खोलाको २२ करोडको आईपीओ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ जेठ २६ गतेदेखि आउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर एक सय रुपैयाँ दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कुल निष्काशनको पाँच प्रतिशतले हुने एक लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई तथा तीन प्रतिशतले हुने ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगानीकर्ताले छिटोमा जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म आवेदन दिन सकिने आईपीओको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीले क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्राप्त गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्