Shikhar Insurance
National Life

पेट्रोलियम पर्दाथको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइँदै

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १६:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै घटाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिलिटर १० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घटाइने बताएका हुन् ।
सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले सो जानकारी दिएका हुन् ।

‘पेट्रोलियम पदार्थमा लाग्ने पुर्वाधार कर बराबरको मूल्य समायोजन गर्न लागेका हौं,’ मन्त्री शर्माले आगामी आर्थिक वर्षको सार्वजनिक बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसको लागि मन्त्रालयले अन्तिम तयारी गरिरहेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रिपरिषदको बैठकले नै पेट्रोलियम पदार्थको मूल्य घटाउन कर वापतको रकम छुट दिने निर्णय गरेको भन्दै उनले चालु आवभित्रै मूल्य घटाइने बताए ।

हाल पूर्वाधार करवापत पेट्रोलरडिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्