Shikhar Insurance
National Life

नेप्से परिसूचक ओरालो यात्रा कायम,सरकारको बजेटले पारेन प्रभाव

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले बजेट सार्वजनि गरेपछि खुलेको पहिलो सेयर बजारले ओरालो यात्रा कायमै राखेको छ । लगानीकर्ताहरु बजेट सार्वजनिक पछि सेयर बजार सुधार आउने आशा राखेपनि बजारमा सुधार आउन नसकेको हो ।

सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेर २,१७३.४४ को विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स भने १०.३३ अंकले घटेर ४२२.७४ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो दिन २२७ कम्पनीका ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबारमा आएका ५ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार सैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको ४ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । त्यसैगरि अरुण भ्याली हाइड्रोपावर ४ करोड ४१ लाख ५४ हजार, हिमालय डिस्ट्रिलरी ४ करोड २३ लाख ३६ हजार, एनआइसी एशीय बैंक ४ करोड २ लाख ८ हजार र नबील बैंक ३ करोड ९४ लाख ७२ हजार रुपैयाँ सहित शीर्ष पाँच स्थान भित्र रहेको छ ।

सो दिन सबैभन्दा बढी वाफेली हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाउँदा सबैभन्दा धेरै नेपाल इनभेष्टमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । वाफेली हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा इन्भेष्टमेन्ट बैंकको सेयर ९.९९ प्रतिशतले घटेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार ३८० दिनपनि खुला भएको हो । हिमालयन बैंकसँग मर्जरको प्रक्रियामा गएपछि गत बर्षको बैशाख ३१ गतेदेखि रोकिएको सेयर कारोबार यी बैंकहरु डिमर्जरमा गएपछि राष्ट्र बैंकको निर्देशनमा आधारभुत सेयरधनी अर्थात् १ प्रतिशतभन्दा तलका लगानीकर्ताको सेयर कारोबार खुला भएको हो ।

कारोबारमा आएका १३ वटा समुहका उपसुचकहरु घटेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्