काठमाडौं । प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले निजगढ बिमानस्थल जसरी पनि बनाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले कानुनी अड्चन हटाएर बिमानस्थल निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र कानुन मन्त्री गोबिन्द बन्दी(कोइराला) सहभागी थिए ।
‘राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने,’ समितिको निर्देशनमा भनिएको छ ।
समितिले लामो अध्ययन र अरबौं लगानी भैसकेको निजगढ बिमानस्थल निर्माण रोक्ने निर्णय ठिक नभएको पनि स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्