काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । साताको पहिलो कारोबारको दिन स्थिर रहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाल सुन ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि, तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्