काठमाडौं । आइतबार बिहान १० बजेदेखि सम्पर्क विहिन तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोमबार बिहान नेपाली सेनाले उक्त विमान मुस्ताङ जिल्लाको सानोस्वेयर, थासाङ २ मा दुर्घटना अवस्थामा फेला परेको हो ।
सेनाका प्रवक्ता नारायण शिलवालले विमान दुर्घटनाग्रस्त सोमबार बिहान अवस्थामा भेटिएको सिंहदरबारलाई जानकारी दिए । खोज र उद्धार सेनाले भौतिक रूपमा विमान दुर्घटना स्थल पत्ता लागेको र खोजी तथा उद्धारमा खटिएको टोलीबाट थप विवरण आउन बाँकी उनले बताए ।
आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।
जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।
प्रतिक्रिया दिनुहोस्