Shikhar Insurance
National Life

अबदेखि नयाँ फोन किन्न महंगो, फोन गर्न र इन्टरनेट चलाउन सस्तो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार २१:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । टेलिफोन तथा मोबाइल र इन्टरनेट सेवा सस्तो पर्ने भएको छ । सरकारले आर्थिक ऐन २०७९ मार्फत् दुरसञ्चार सेवा दस्तुर ३ प्रतिशतले घटाएको हो ।

यससँगै यी सेवा उपयोग गरेवापत ग्राहकले तिर्नु पर्ने दस्तुर घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालसम्म यस्तो दस्तुर ग्राहकले १३ प्रतिशत तिर्नुपथ्र्यो । तर, अब भने दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकलाई १० प्रतिशतमात्रै दूरसञ्चार सेवा दस्तुर लिन पाउने सो ऐनमा उल्लेख गरिएको छ ।

यस्तो दस्तुर अर्को नेटवर्कको हकमा भने लागू हुने छैन ।

यता नेपाली बजारमा मोबाइलको मुल्य बढ्ने भएको छ । सरकारले मोबाइलमा अन्तःशुल्क दोब्बरले बढाएसँगै मूल्य समेत बढ्ने भएको हो ।

सरकारले आर्थिक ऐन, २०७९ मार्फत् ६०० डलरभन्दा बढी मूल्यको मोबाइलमा २.५ प्रतिशत लाग्दै आएको अन्तःशुल्क ५ प्रतिशत कायम गरेको छ । पछिल्लाे समय मोबाइल आयात बढ्दै गए पछि सरकारले मोबाइलको अन्तशुल्क वृद्धि गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्