Shikhar Insurance
National Life

कृषि र उद्योगका लागि सकारात्मक बजेटः गोल्यान

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १९:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योगी पवन गोल्यानले कृषि र औद्योगीक जगतका लागि बजेट राम्रो भएको बताएका छन् । बजेट वक्तव्य सुनिसकेपछि सिंहदबारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उद्योगी गोल्यानले कृषि र औद्योगीक क्षेत्रका लागि राम्रो बजेट आएको बताएका हुन् ।

‘बजेट कृषि र उद्योगका लागि राम्रो आयो, कृषिमा संरचनागत सुधारका कुरा समेटिएका छन्, कृषि उपजको आयात ३० प्रतिशत घटाउने भनिएको छ, यसले देशलाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग गर्छ’, गोल्यानले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिमेन्ट र डण्डीको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्थाले निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने पनि उनले अपेक्षा व्यक्त गरे । उद्योगी र व्यवसायीका लागि फरक फरक ब्याजदरको व्यवस्थाले पनि उद्योग सञ्चालन गर्नेहरुको मनोबल बढ्ने उनको भनाई छ ।

बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष समेत रहेका उद्योगी गोल्यानले आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत आरक्षण दिने व्यवस्थाले रेमिटेन्स बढाउन भूमिका खेल्ने पनि बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्