Shikhar Insurance
National Life

६८ वर्ष उमेर पुगेका बाबुराम भट्टराईले गरे वृद्धभत्ता नलिने घोषणा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । संसद् बैठकबाट बाहिरिँदै उनले गरिब देशमा नागरिकलाई आर्थिक भार थोपर्न आफूले भत्ता नलिने घोषणा गरे ।

अर्थमन्त्री जनार्दन शर्माले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६८ बनाएका छन् । भट्टराईले सामाजिक सुरक्षा भत्ता वितरणको लागि उमेर घटाउन आवश्यक नभएको जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“वृद्धभत्ता पाउने उमेरमा म पनि परेको छु, तर बृद्धभत्ता लिएर राज्यलाई बोझ दिन चाहन्न, त्यसैले बृद्धभत्ता नलिने घोषण गर्दछु,” उनले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्