काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट संद्यीय संसदमा प्रस्तुत गर्दै सो बताएका हुन् ।
मन्त्री शर्माले आगामी आवमा अनलाइन टेलिभिजनको नियमन कार्यलाई अघि बढाइने, लोक कल्याणकारी विज्ञापन अनलाई सञ्चार माध्यमहरुलाई समेत दिइने र रेडियो नेपाल, नेपाल टेलिभिजनका सेवालाई देशव्यापी बनाइने बताए ।
साथै नेपाली मौलिकता झल्किने प्रकारका चलचित्र, गीतका सर्जकहरुलाई प्रोत्साहन गरिने र चलचित्र विकासका लागि दोलखा फिल्म सिटीलाई सरकारी साझेदारीमा निर्माण सम्पन्न, काभ्रेमा अत्याधुनिक इनडोर फिल्म सिटी निर्माण गरी सञ्चालनमा ल्याइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्