Shikhar Insurance
National Life

कृषि क्षेत्रको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन, आगामी आव कृषि उत्पादन अभियान वर्ष

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले कृषि क्षेत्रको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संद्यीय संसदमा प्रस्तुत गर्दै आगामी आव कृषि उत्पादनको वर्षका रुपमा मनाइने घोषणा गरेको हुन् ।

मन्त्री शर्माले आगामी आवको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरणको लागि ५ अर्ब ९० करोड, खाद्यन्न आयातको लागि ३० अर्ब रुपैयाँ र किसान पेन्सन योजनामा बीउ पुँजीका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याइएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आगामी आवमा धान, गहुँ, मकै, तरकारी र फलफल आयाता ३० प्रतिशतले कम गरिने र देशभर १०० खाद्य गोदाम बनाउने र सोका लागि ४५ करोड विनियोजन गरिएको बताए ।

आगामी ५ वर्षमा आयात बराबर निर्यात बनाइने, रासायनीक मल उत्पादनको लागि १५ अर्ब रुपैयाँ छुट्याएको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्