एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गरेकाे बताइएको छ । साथै उनले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेकाे समाचारमा जनाइएको छ ।
शनिबार रुसी राष्ट्रपति पुटिनले उनिहरूसँग फोनमा कुराकानी गरेकाे मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ । त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले युक्रेनको पछिल्लो अवस्था र विशेषगरी युक्रेनमा रुसले गरेको सैन्य कारबाहीबारे जानकारी गराएका थिए थियो । उनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाहीका क्रममा अन्तर्राष्ट्रिय कानुनका साथै अन्य मूल्य मान्यताहरु पनि पालना गरेको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्