Shikhar Insurance
National Life

सरकारको दोहोरो बोली, आयल निगमलगायत कमजोर संस्थान खारेज वा निजीकरण नहुने देउवाको भनाइ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार २०:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक संस्था खारेज तथा निजीकरण नगर्ने प्रष्ट पारेका छन् । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा प्रतिस्पर्धामा कमजोर सरकारी संस्थानलाई मर्जर, खारेजी वा निजीकरणमा लगिने उल्लेख गरेपनि प्रधानमन्त्री देउवाले भने सो नगरिने स्पष्ट पारेका हुन् ।

उनले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै आयल निगम लगायत सरकारको एकाधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण नगर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘प्रतिस्पर्धा नहुने, सरकारको एकाधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु,’  उनले भने ।

संसदमा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेखित सार्वजनिक संस्था खारेज तथा निजीकरणको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत अन्य संसादहरुले चर्को विरोध गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्