काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंका मेयरमा निर्वाचित बालेन शाह र धरानका मेयर हर्क साम्पाङमात्रै स्वतन्त्र उम्मेदवार रहेको बताए । बाँकी कुनै न कुनै राजनीतिक दलमा संलग्न भइसकेका व्यक्ति उम्मेदवार भएको भन्दै बालेन र हर्क कतैबाट प्रायोजित नभएको दाबी गरे ।
उनले भने, “काठमाडौं र धरानका जनताले नयाँ अवसरका फूल फक्राएका छन् ।” उनले यी पात्रले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गर्न विभिन्न माध्यमबाट घेराबन्दीमा पर्ने सक्ने जोखिम रहेको बताए ।
स्वतन्त्रले जित्नु राजनीतिक दललाई जोखिम नभएर आत्मआलोचनाको अवसर दिएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्