काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले फलफल तथा जडिबुटी उत्पादन गर्नका लागि आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम थप गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बेसरेटमा २ प्रतिशतमात्रै प्रिमियम थप गर्न निर्देशन दिएको हो ।
हाल वाणिज्य बैंकहरुको न्यूनतम ७.३१ प्रतिशतदेखि अधिकतम १०.११ प्रतिशतसम्म बेसरेट कायम छ ।
सो निर्देशनसँगै अब फलफल तथा जडिबुटी उत्पादकहरुले न्यूनतम ९.३१ प्रतिशतदेखि १२.११ प्रतिशत ब्याजदरमा कर्जा उपयोग गर्न पाउने भएका छन् ।
बिहीबार केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै भनेको छ ‘फलफूल एवम् जडिबुटी उत्पादनका लागि पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ । यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह
हुनेभएका कर्जामा लागु हुने छैन ।’
सो निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले फलफूल एवम् जडिबुटी उत्पादनका गर्न आवश्यक पर्ने जग्गा खरिद गर्न भने २ प्रतिशत प्रिमियममा कर्जा पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्