काठमाडौं । फोर्ब्सको प्रभावशाली युवाको सूचीमा ५ जना नेपाली परेका छन् । विश्व प्रशिद्ध अमेरिकी म्यागजिनले हरेक महादेशबाट ३० वर्षमुनिको प्रभावशाली ३० जना युवाको सूची निकालेको हो जसमा एशियाका ३० प्रभावशाली युवामा ५ जना नेपाली परेका हुन् ।
सूचीमा ऐश्वर्य रानी सिंह, निरज काफ्ले, सन्तोष पाण्डे, सुजित पाठक र सुमित दाहाल परेका छन् । सिंह, काफ्ले र पाण्डे धुम्बाराहीस्थित नेसनल कलेजका ग्र्याजुयट हुन् ।
सिंह सोसल इम्प्याक्ट विधाबाट यो सूचीमा परेकी हन् । उनी पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन् । पुतली नेपालले महिनावारीका बेलामा महिलाहरुलाई कपडा तथा प्याडको प्रयोगमा प्रोत्साहन गर्दै आएको छ ।
काफ्ले र पाण्डे काठमाडौंमा उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्दै आएको अफरिङ ह्यापिनेसका संस्थापक हुन् ।
पाठक इनग्रेल नेपालका सह-संस्थापक हुन् भने दाहालले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन् । उनी नासा गोडार्ट स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टल एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् ।
प्रतिक्रिया दिनुहोस्