Shikhar Insurance
National Life

हिमालयन बैंकले २ अर्ब २५ करोडको डिबेन्चर जारी गर्ने, बोर्डबाट कहिले पाउला स्वीकृति

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार ०९:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकले रु.१,०००/– अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००/– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको १०.५०% हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्ने भएको छ । बैंकले डिबेन्चर जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको छ ।

सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृति पश्चात निश्कासन गरीनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाण्डौें, कमलादी स्थित मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस हिमालयन बैंक लिमिटेडले उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्