Shikhar Insurance
National Life

नबिल बैंकको सेवामा डाक्टरहरुले विशेष छुट पाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल चिकित्सक संघले आÏनो स्थापनाकाल देखिनै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गरि चिकित्सकहरुको पेशागत अधिकार सुनिस्चित गर्न निरन्तर अग्रसर रहेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवं आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्