Shikhar Insurance
National Life

दुई कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति, एउटा ६७ सय र अर्को २ लाख ९४ हजार जनालाई पर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १४:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ । आर्दश लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले साधारण सेयर (आईपीओ) जारीको अनुमति पाएका हुन् ।

बोर्डले मंगलबार यी कम्पनीहरुलाई आइपीओ जारी गर्ने अनुमति दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आदर्श लघुवित्त २०७८ असोज २० गते र राप्ती हाइड्रो २०७८ भदौ ८ गते आइपीओ जारी गर्ने अनुमति मागेका थिए । बोर्डले आदर्श लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित ६७ हजार कित्ता र राप्ती हाइड्रोलाई २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ जारी गर्ने अनुमति दिएको हो ।

आदर्श लघुवित्तले जारी पुँजीको ३२.३७ प्रतिशत र राप्ती हाइड्रोले ४८ प्रतिशत आइपीओ जारी गर्न लागेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्