Shikhar Insurance
National Life

बैंक अफ काठमान्डूको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक अफ काठमान्डूले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकले नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।

बैंकले ४ लाख ८१ हजार १७४ कित्ता सेयर प्रतिकित्ता १५० रुपैयाँको दरले बिक्री खुल्ला गरेको छ । यसमा सोही संस्थाको संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको सेयर खरिद गर्न चाहने संस्थापकले जेठ ११ गते देखि ३५ दिन भित्र कार्यालयमा आवेदन दिइसक्नुपर्नेछ । सोही अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारणका लागि समेत बिक्री खुल्ला गरिने बैंकले जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्