काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । एमाले सांसद बिशाल भट्टराईको नेतृत्वमा एमाले सांसदहरु यज्ञराज सुनुवार, गणेश पहाडी, झपट रावल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन् ।
उनीहरुले पेट्रोलियम पदार्थको मूल्य श्रृंखलाका ६ आयामबारे संसदमा छलफल हुनुपर्ने माग सो प्रस्तावमा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्