Shikhar Insurance
National Life

अन्तिम सम्झौतापत्र अनुसार नै ढुंगानालाई बनाइयो सिईओ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । ज्ञानेन्द्र प्रसाद ढुंगाना नबिल बैंकको सिईओमा नियुक्त भएका छन् । बैंकको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले असार १७ गते देखि लागु हुने गरि  ढुंगानालाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

हाल नबिल बैकको प्रमुख कार्यकारी अधिकृत पदमा अनिल केशरी शाह रहेका छन् । शाहको कार्यकाल असार दोस्रो साता सकिने छ । त्यसपछिको कार्यभार सम्हानका लागि ढुंगानालाई नियुक्त गरिएको हो । यसअघि ढुंगाना नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार ढुंगानालाई सीईओ बनाउने सम्झौता पहिले नै भएको थियो । नबिलले एनबीलाई ४३ प्रतिशत स्वाप रेसियोमा विलय गर्दैछ ।

जेठ ७ गतेको विशेष साधारणसभाले एक्विजिसन सम्बन्धि अन्तिम सम्झौतापत्र अनुमोदन गरेको थियो । सो सम्झौतापत्रमा ढुंगानालाई सीईओ बनाउने उल्लेख गरिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्