Shikhar Insurance
National Life

नबिल बैंकको सीईओबाट अनिल केशरी आउट, एक्विजिसनमा सघाएका ज्ञानेन्द्र ढुंगाना इन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १८:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छ । बैंकको सञ्चालक समितिको बैठकले ढुंगानालाई असार १७ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।

नबिलका सीईओ अनिल केशरी शाहको कार्यकाल असार दोस्रो साता सकिँदैछ । त्यसपछि कार्यकाल सम्हाल्नेगरी ढुंगानालाई सीईओमा नियुक्त गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी थिए । ढुंगाना १० वर्षपछि गत पुसमा एनबीबाट बिदा लिएका थिए ।

ढुंगानाले नबिल एनबी एक्विजिसनमा सघाएका थिए ।

नबिलले नेपाल बङ्गलादेशलाई प्राप्ति गर्ने टुंगो लागिसकेको छ । एनबी ४३ प्रतिशत स्वाप रेसियोमा नबिलमा बिलय हुँदैछ । जेठ ७ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले एक्विजिसनको टंगो लगाइसकेका छन् ।

उनीहरुले केही दिनमा एकीकृत कारोबारको तयारी गरेका छन् । राष्ट्र बैंकले जेठ मसान्तअघि नै अन्तिम स्वीकृति लिन भनेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्