Shikhar Insurance
National Life

विदेशी ऋणको दायित्वले डलर अभाव चर्काउन सक्ने भन्दै नेता पुनले शर्मालाई गराए सचेत

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्यात बढाएर विदेशी मुद्रा सञ्चिति बढाउने एकमात्र उपाय ऊर्जा क्षेत्रको विकास रहेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै पूर्व ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले बजेटले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।

पुनले जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन, विद्युतीय गाडी र भान्सामा विद्युतीय चुलोका लागि सहुलियत कार्यक्रम ल्याउन सुझाव दिएका छन् । यसबाट वार्षिक एक खर्ब बराबरको ग्यास प्रतिस्थापन हुने र विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिंदै उनले यसबाट गरिबी निवारण, आयात प्रतिस्थापन र कृषिमा आधारित उद्योग विकास गर्न सकिने उल्लेख गरे ।
पुनले चालु आर्थिक वर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको बताए जिकिर गरे । उनले निर्यातमा केही बृद्धि भए पनि आयात धेरै नै भएका कारण अर्थतन्त्रमा चाप परेको बताएका हुन् ।

उनले स्वदेशी बस्तु उत्पादनलाई प्रोत्साहन नगरेसम्म आयात कम नहुने देखिएको बताए । पुनले वैदेशिक ऋणको भुक्तानी र दायित्वमा वृद्धि भएकाले वैदेशिक मुद्राको सञ्चितिमा प्रभाव पर्ने भएकाले यसतर्फ ध्यान जानुपर्ने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्