Shikhar Insurance
National Life

फ्राइडे मुडः शुक्रबार फापेन लगानीकर्तालाई, नेप्से घट्दा कारोबार रकम अर्ब पनि नाघेन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । पहिलोपल्ट शुक्रबार खुलेको सेयर बजारमा नेप्से परिसूचक १६ अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से १५.८२ अंकले घटेर बन्द भएको हो ।

नेप्से घटेर २२३५.०९ अंकमा पुग्दा २५ कारोबार रकम पनि निकै कम रह्यो । जम्मा २५ लाख २४ लाख कित्ता सेयर ९३ करोड रूपैयाँमा किनबेच भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से घटेको दिन १३९ कम्पनीको सेयर मूल्य घटे ।

कारोबार सुरू भएदेखि नै धरमर बनेको नेप्सेले साढे १२ बजेसम्म बढ्ने संकेत गरेको भएपनि त्यसपछि निरन्तर घटेर नेप्से नेगेटिभ भएको हो ।

पहिलोपल्ट शुक्रबार खुलेको सेयर बजारले लगानीकर्ताले खुसी दिन सकेन । लगानीकर्ता पनि सदा झैं बिदा मानेर बजारमा सक्रिय नभएको महसुस गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्