Shikhar Insurance
National Life

सरकारी उद्योग निजी क्षेत्रलाई बेचेर काँग्रेसले राम्रै गरेको हो, अहिले पनि संरक्षण पुगिसक्यो : गगन थापा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १४:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली काँग्रेस सरकारले सरकारी उद्योग निजी क्षेत्रलाई बेचेर औद्योगिक क्षेत्र जोगाएको बताएका छन् । सन् १९९० पछि काँग्रेस सरकारले उदारीकरण नीति अबलम्बन नगरेको भए आजको दिनमा यति राम्रो औद्योगिक वातावरण नहुने थापाको जिकिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“हामी अहिलेसम्म एउटा गलत भाष्य लिएर बसेका छौं कि सन् १९९० को उदारीकरण पछि केही उद्योग बेच्यौं,” थापाले शुक्रबार प्रतिनिधिसभामा भने, “ती उद्योग नबेचेको भए आज चमत्कार भइरहेको हुन्थ्यो भन्छौं । तर, तथ्यांकले के भन्छ भने वि.सं. २०४९ देखि २०५१ नै त्यस्तो अवधि हो जुन बेला नेपालमा सबैभन्दा बढी उद्योग दर्ता भए र सबैभन्दा बढी तिनै बेला दर्ता भएका उद्योगले आज केही न केही औद्योगिक आधार तय गरेका छन् ।”

उनले अहिले बेलाबेलामा ‘ती उद्योग नबेचेको भए, त्यो जत्ता कारखाना, त्यो लुगा कारखाना भन्छौं’ भनिने गरेपनि यसो भन्नु गलत हो भन्ने सबैलाई थाहा भएको ठोकुवा गरे । “नभए आज सरकारले उद्योग खोलिहाल्थ्यो नि । तर पनि बेलाबेलामा राजनीतिक फाइदाका निम्ति कहिलेकाहीँ अलमलिने गर्छौं,” थापाको दाबी छ, “यथार्थ के हो भने हामीले औद्योगिकरणको प्रारम्भ गर्यौं ।”  औद्योगिकरण अगाडि बढ्न नपाउँदै देश कृषिबाट एकैपटक सर्भिसमा गएकाले वर्षेनी ५ लाख नयाँ जनशक्ति बजारमा आएपनि मुट्ठकिलले ३० हजारलाई रोजगारी दिन सक्ने अवस्था आएको दाबी थापाले गरे ।

त्यसैले राष्ट्रिय उद्योग प्रवर्धन गर्ने विशेष कार्ययोजना चाहिएको उनको भनाइ छ । काँग्रेस महामन्त्री थापाले नेपाल मान्छे बेच्ने र मालसामान किन्न (आयात गर्ने) देश बनेको तीतो यथार्थ प्रस्तुत गरे ।

उनले उद्योगको संरक्षण नै प्रबर्द्धनको उपाय नभएको बताए । “संसारभरको अध्ययनले के देखाउँछ भने कहीँ कहीँ अपेक्षा गरेको भन्दा, फरक खालका नतिजा परिणाम प्राप्त भएको छ । कहीकहीँ प्रारम्भमा संरक्षण नगरेकाले उद्योगहरू प्रबर्धन भएको छ,” थापाले थपे, “संरक्षण गरेर आत्मनिर्भर बनाउन खोज्दा प्रबर्धन नहुन सक्छ । त्यसैले राइट मिक्सको अवश्यकता छ ।”

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्