काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ । अघिल्लो दिन छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरि तेजावी सुन पनि १ हजार रुपैयाँले बढेर ९६ हजार ८ सयमा करोबार भइरहेको छ । अघिल्लो दिन ९५ हजार ८ सयमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी १२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदी मुल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्