Shikhar Insurance
National Life

२ अर्ब २० करोडको सेन्चुरी डिबेन्चरको सबै युनिट बिक्यो, उच्च प्रतिफलका कारण लगानीकर्ता आकर्षित

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको डिबेन्चर पूर्णरूपमा सब्स्क्राइब भएको छ । वैशाख २१ गतेदेखि आवेदन खुलेकामा जेठ ४ सम्म मागअनुसार आवेदन परेको हो ।

बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर तथा १० वर्षे अवधि रहेको रु २ अर्ब २० करोड बराबरको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ निष्काशन गरेको हो । कुल रकम २ अर्ब २० करोड मध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड सर्वसाधारण (सामूहिक लगानी कोषसमेत) का लागि र ६० प्रतिशतले हुन आउने रु १ अर्ब ३२ करोड (संस्थागत) प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आवेदन खुल्ला भएपछि छिटोमा ४ दिनभित्र (वैशाख २५ ) मागअनुसार आवेदन नपरेपछि जेठ ४ सम्मका लागि समय बढाइएको थियो । सो अवधिमा मागअनुसार आवेदन परेको सेञ्चुरी डिबेञ्चर २०८८ को निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आएमई क्यापिटल स्रोतले जानकारी दिएको छ ।

बजारमा लगानीयोग्य रकमको चरम अभावका बाबजुद पनि सेन्चुरी डिबेन्चर सब्स्क्राइब भएको हो । यसो हुनुको मुख्य कारण सेन्चुरी बैंकको गरिमा र डिबेन्चरको सकारात्मक पक्ष मानिएको छ ।

१० वर्ष अवधिमा निरन्तर साढे १० प्रतिशतको उच्च प्रतिफल प्राप्त गर्न सकिने भएकोले यो उच्च प्रतिफलको लागि राम्रो मानिएको छ भने डिबेञ्चर नेप्सेमा सूचिकृत भएपश्चात कारोबार गर्न पनि सकिन्छ । साथै यो डिबेञ्चर धितो राखी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण सापटी लिन सकिन्छ ।

प्रति कित्ता अंकित मूल्य रु. १ हजार रहेको डिबेञ्चरमा लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

नेपाल धितोपत्र बोर्डबाट बैंकले २०७८ चैत्र २९ गते डिबेन्चर निष्काशनको स्वीकृति प्राप्त गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्