Shikhar Insurance
National Life

लक्ष्मीबहादुर श्रेष्ठको यू–टर्नः सर्वोच्चमा हालेको मुद्दा फिर्ता लिए, नबिल–एनबी एक्विजिसन नरोकिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १४:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल–एनबी सर्वाधिक प्रतिक्षित एक्विजिसन प्रक्रिया रोक्न हालेको मुद्दा फिर्ता भएको छ । अल्पकालीन अन्तरिम आदेश दिएर छलफलमा बोलाइए पनि निवेदकले मुद्दा फिर्ता लिएका हुन् ।

मुद्दा फिर्ता भएपछि एक्विजिसन प्रक्रिया अगाडि बढ्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिल र नेपाल बंगलादेश बैंक दुवैले जेठ ७ गते विशेष साधारणसभा बोलाएका छन् । दुवै साधारणसभाबाट नबिलले एनबीलाई १०० बराबर ४३ को स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पारित हुँदैछ ।

दिव्येश्वरी इन्भेष्टमेन्टले नेपाल बंगलादेश बैंक, एनसीसी बैंक र सञ्चालकलाई विपक्षी बनाएर हालेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । दिव्यश्वरीले जस्तै अर्को रिट नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनीले पनि हालेको थियो ।

यी कम्पनीका सञ्चालक एनबी बैंकका लगानीकर्ता लक्ष्मी बहादुर श्रेष्ठ हुन् । उनी अहिले मर्जरको पक्षमा उभिएका हुन् ।

जानकारका अनुसार नेपाल बंगलादेशको मुख्य सेयरधनी मध्ये एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ र नेपाल बंगलादेशको बंगलादेशी शेयरधनी कम्पनी आएफआईसीसँग सेयर किन्ने सम्झौता गरेर पनि किन्न नपाएका मोतिलाल दुगड मर्जर भाँड्न चाहन्थे ।

दुई बैंकलाई एक बन्न नदिन श्रेष्ठ र दुगडसँगै अन्य व्यवसायीहरू पनि लागि परेका छन् ।

सर्वोच्चमा मुद्दा हालेर अल्पकालीन अन्तरिम पाउने दिव्येश्वरी इन्भेष्टमेन्टमा श्रेष्ठ र दुगडसहित अन्य व्यवसायीको पनि लगानी छ । उनीहरू पनि नेपाल बंगलादेशलाई नबिलकहाँ सुम्पन दिनु नहुने पक्षमा थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्