काठमाडौं । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन युनाइटेड यन्स्योरेन्सले मर्जरको बाटो रोजेको छ । निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने समितिको निर्देशन पालना गर्न कम्पनीले भविष्यमा कुनै निर्जीवान बीमा कम्पनीसँग एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने भएको हो ।
कम्पनीले जेठ २३ गते २८ औं वार्षिक साधरण सभा बोलाएको छ । साधारण सभाको विशेष प्रस्तावमा मर्जर तथा एक्विजिसन सम्बन्धि अख्तियारी सञ्चालक समितिलाई दिने उल्लेख छ ।
मर्जर तथा एक्विजिसनको निर्णय गर्ने, समझदारी पत्रमा हस्तक्षर गर्ने र सम्पत्ति तथा दायित्व मुल्याङ्कन (डीडीए) गर्ने अधिकार पनि सञ्चालक समितिलाई नै दिने विशेष प्रस्ताव सभाले पारित गर्ने बताइएको छ ।
साधारण सभाका लागि जेठ ९ लाई बुक क्लोज मिति तय गरिएको छ । अर्थात जेठ ८ सम्म कायम सेयर धनीले सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्